Logo

चन्दागिरि खुलेकै दिन हजाराैँको संख्यामा पुगे पर्यटक



Spread the love

१९ भदाै, काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो ।

चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए ।

काठमाडौँको चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी डाँडामा रहेको भालेश्वर मन्दिर र त्यस क्षेत्रमा रहेको पर्यटकीयस्थलको अवलोकन केवलकार चढ्न सर्वसाधारण लामबद्ध देखिएका थिए । लकडाउनपछि शनिबारबाट सञ्चालनमा ल्याएको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न र त्यस क्षेत्रमा रहेका पर्यटकीयस्थलको अवलोकन गर्नेहरुको भीड देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्