Logo

भारतको जयनगरमा घाँटी रेटिएको अवस्थामा नेपाली युवकको शव फेला



Spread the love

१९ भदाै, काठमाडाैँ । भारतमा एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन् । सिरहासँग सिमाना जोडिएको भारती बजार जयनगर नजिकै एक नेपाली युवक घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार मृत सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महरा हुन् । उनको शव शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको अवस्थामा फेला परेको हो ।

महरा बिहीवार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्