Logo

कमेडी च्याम्पियनको फाइनल अगाडी नै बाहिरिइन् ऋचा शर्मा, यस्तो छ कारण



Spread the love

१८ भदाै, काठमाडाैँ । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् ।

आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।

कमेडी च्याम्पियनको फाइनल अबको २ हप्तापछि हुने बताइएको । कमेडी च्याम्पियन सिजन २ को फाइनलमा भरतमणी पाैडेल, बिक्की अग्रवाल र सन्तोष कार्की पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्