Logo

काठमाडाैँ महानगरपालिका–१९ का वडाध्यक्ष श्रेष्ठको निधन



Spread the love

१८ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको बिहीबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उहाँमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गरेका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।

विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय हुनुभएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएका वडा सदस्य मधुसुदन प्रधानले जानकारी दिए । पञ्चायतकालमा पनि उनि वडा सदस्य पदमा निर्वाचित भएका थिए ।

नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उनको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा लगी अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले बताए ।

प्रतिक्रिया दिनुहोस्