Logo

पोखरामा घर भासियो



Spread the love

१७ भदाै, पोखरा । पोखरामा घर भासिएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा पोखरा-३ नदिपुरमा ३ घर भासिएका हुन् ।

पोखराका स्थानीय देउ बहादुर पुन, छवि बहादुर पुन र बल बहादुर पुनको घर भासिएको प्रहरीले जानकारी दिएको छ । जमिन पुरै भासिएका कारण सडक पनि बिच भागसम्म चिरा परेको छ ।

गतसाता मात्रै अविरल वर्षापछि पोखराको महेन्द्रपुलमा जमिन भासिएको थियो । त्यस्तै, त्यसको केही दिनपछि पोखरा जरेवरमा जमिन भासिएको थियो ।

भूगर्भविद्हरूले पोखरामा जमिन भासिने जोखिम रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्