Logo

टिपर र मिनिट्रक ठोक्किँदा २३ जना घाइते



Spread the love

१४ भदाै, धादिङ । धादिङमा रोकिराखेको टिपरमा मिनिट्रक ठोक्किँदा २३ जना घाइते भएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा साेमवार ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ५६२६ नम्बरको मिनी ट्रक रोकिराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किँदा २३ जना घाइते भएका हुन् ।

घाइतेमध्ये चार जनालाई हेलिकप्टर र तीन जनालाई एम्बुलेन्समार्फत काठमाडाैँको ट्रमा सेन्टरमा पठाइएको छ । अन्यको धादिङमा नै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्