Logo

नेपाल आइडल जितेका बुद्ध लामाले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन गरे यस्तो आग्रह



Spread the love

पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले आफूले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेका छन् ।फेसबुकमा एक मिनेटको अडियो क्लिपमा उनले भनेका छन्, ‘मैले अहिलेसम्म पुरस्कारमा पाएको कार पाएँ । तर ब्लुबुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’

एपी वान टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो नेपाल आइडलका विजेता बनेका पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथमा उनले १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्टसमेत पाएका थिए ।

लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् ।

‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ? तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ?’

मलाई अप्ठेरो न अप्ठेरो लागिरहेको छ भन्दै उनले यो सन्देश भाइरल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।

गत असोजको सात गते कतारको दोहामा भएको फाइनलमा उनले उपाधिसँगै ती पुरस्कार पाउने घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्