Logo

चर्न जाँदा घाइते भएको गाईलाई हेलिकप्टरबाट उद्धार गरियो, विश्वभर चर्चामा समाचार र तस्बीर



Spread the love

१३ भदाै, काठमाडाैँ । चर्न गएको गाई घाइते भएपछि हेलिकप्टरमा उद्धार गरिएको छ । स्वीट्जरल्याण्डको क्लाउसेनपास क्षेत्रमा चर्न जाँदा घाइते भएको गाईलाई हेलिकप्टरको सहायताले उद्धार गरिएको हो ।

अहिले यो समाचार तथा यस समाचारसँग सम्बन्धित तस्बीरहरू सामाजिक सञ्जालमा चर्चाका विषय बनिरहेका छन् ।

गत शुक्रबार समुद्री सतहबाट करीब १९५० मिटर अग्लो स्थानमा गाई घाइते भएपछि हेलिकप्टरको सहायताले उद्धार गर्नु परेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

गाईलाई हेलिकप्टरमा बाँधेर कुदै दुखान नहुने तरीकाले झुण्ड्याएर समथर ठाउँमा ल्याइएको थियो ।

उक्त गाईका मालिक जोनस अर्नोल्डले गाई घाइते भएर हिड्न नसक्ने भएपछि गाडी जान नसक्ने ठाउँ भएकाले हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्