Logo

यी हुन् नेकपा एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्य (नाम सहित)



Spread the love

९ भदाै, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेको जानकारी दिए । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सो सनाखतमा उपस्थित भएनन् । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेका छन् । अरू दुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए ।

आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुगेका हुन् ।

निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ । सनाखतपछि नेता पाण्डेले भने, “दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ ।”

केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने उनले बताए । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको उक्त दलसँगै आयोगमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले आजै आयोगमा पुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गरेका छन् ।

यी हुन् पार्टीको पक्षमा सनाखत गर्ने नेताहरू…

माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
डा। बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा।विजयकुमार पौडेल
डा। गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथ प्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह
रविन्द्र बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह गरिमा
देवशंकर पौडेल
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री
गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुधन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु
प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
धनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा। देउमान सम्बाहाम्फे
भाष्कर काफ्ले
कृष्णप्रसाद खनाल
महम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने

प्रतिक्रिया दिनुहोस्