Logo

घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर तीनदिनदेखि थुनेर राखियो : केपी ओली



Spread the love

९ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले घरघरबाट नै मान्छे उठाएर रिसोर्टमा लगेर राखेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘‘घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर तीनदिनदेखि मान्छे थुनेर रखिएको छ। त्यो पनि यहाँ वरिपरि होइन उहाँ पर टाकुरामा लगेर राखिएको छ । तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो। यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो। मान्छेलाई घेराबन्दीमा पारियो। बाध्य पारियो। ललाई फकाइ मिठा गुलिया बचन बोलेर मिठा खान दिएर राम्रै बिस्तारामा राखेर फकाइयो । सुनकै पिँजडा भए पनि आखिर त्यो पिँजडै है। थुनिएकै हो। चाहे जे सुकैमा हो। यस्तो खाले काम भएको छ। यो असंवैधानिक र अलोकतान्त्रिक काम हो।’

प्रतिक्रिया दिनुहोस्