Logo

भिडियो बनाउँदै गरेकी टिकटकरको घरको छतबाट खसेर मृत्यु, गरेकी थिइन् यस्तो हर्कत (भिडियो)



Spread the love

९ भदाै, एजेन्सी । एक जना चर्चित टिकटकरको मृत्यु भएको छ । टर्कीको इस्तानबुलकी २३ वर्षीया टिकटक स्टार कुब्रा डोगनको सुर्यास्तको भिडियो खिच्ने क्रममा घरको छतबाट लडेर मृत्यु भएको हो ।

कुब्रा उनकी अंकलकी छोरीको घरमा गएकी थिइन् । सो समयमा उनीहरू टिकटकको कन्टेन्ट बनाउने भन्दै अस्ताउँदै गरेको सुर्यको भिडियो खिच्न छतमा गएका थिए ।

उनीहरूले घरको छतबाट केही फोटो र भिडियोहरू खिच्दै गर्दा करीब ७ः ३० तिर कुब्रा छतबाट खसिन् ।

उनकी बहिनीले खिचेको भिडियोमा छतको एकदमै छेउमा बसेर कुब्राले भिडियोको लागि पोज दिइरहेको देखिएको छ । सोही समयमा अनियन्त्रित हुन पुग्दा कुब्रा खसिन् र मृत्यु भयो ।

उनी छतबाट करीब ५० मिटर तल खसेको बताइएको छ ।

यो समाचारसँग सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्