Logo

कुलमान घिसिङ विरूद्ध परेको रिट प्रधानन्यायाधीश जबराको इजलासमा



Spread the love

८ भदाै, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरूद्ध परेको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा परेको छ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएर आफूलाई पुनर्बहाली गर्न माग गर्दै शाक्यले निवेदन दिएका थिए । बुधबार उक्त रिटमा बहस हुन सकेको थिएन ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यले आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै गत साउन ३२ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । उनले अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि वर्तमान सरकारले कारणविना गैरकानुनी ढङ्गले आफूलाई हटाएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्