Logo

पूर्वगृहमन्त्री बादलका भाइ जेलबाट छुटे, किन परेका थिए उनी जेल ?



Spread the love

७ भदाै, काठमाडाैँ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका भाइ जेलबाट छुटेका छन् । १८ महिना डिल्लीबजार कारागारमा सजाय भुक्तान गरेर बादलका भाइ नरेश थापा जेलमुक्त भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले एक लाख रूपैयाँ धरौटीमा उनलाई छाड्न दिएको आदेश उच्च अदालत पाटनले बदर गरिदिएपछि उनले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका थिए ।

उनी आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराधसम्बन्धी अभियोगमा उनी जेल परेका थिए ।

प्रतिक्रिया दिनुहोस्