Logo

‘वामदेव गौतम अहिलेसम्म एमालेमा नै हुनुहुन्छ, चरित्रहत्या गर्न समाजवादीमा फोटो राखियो’



Spread the love

६ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गाैतमले आँफू एमालेमा नै रहेको बताएका छन् । आइतबार उनले आफ्नो सचिवालयमार्फत विज्ञप्ती जारी गर्दै एमालेमै रहेको अवस्थामा नेकपा एकीकृत समाजवादीको ब्यानरमा राखिएको फोटोप्रति आपत्ति समेत जनाएका छन् ।

उनका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै नेता गाैतम एमालेमै रहेको जानकारी दिउका छन् । ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क.वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन’, विज्ञप्तिमा भनिएको छ, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ अन्य खाले प्रचार/प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’

नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै वामदेवको तस्बिर राखेर शनिवारदेखि प्रचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्