Logo

खाजा खाइरहेका मानिसको भिडियो खिच्ने युट्युबर र टिकटकर पक्राउ



Spread the love

५ भदाै, झापा । खाजा खाइरहेको बेला होटलमा गएर महिलाको भिडियो खिच्ने चार जना युट्युबर र टिकटकर पक्राउ परेका छन् ।

अनुसार झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एक जना छन् ।

उनीहरूले एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेका थिए । उनीहरुलाई चरित्र हत्या गरेको आभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सोही घटनाका केही युट्युबरहरू फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्