Logo

मेलम्चीको पाइपलाइन विस्तार गर्ने क्रममा घर भत्कियो



Spread the love

४ भदाै, काठमाडाैँ । काठमाडौँको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए ।

घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौँको सामाखुशी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्