Logo

लन्डनमा भूपू गोर्खा सैनिकले तोडे अनशन



Spread the love

४ भदाै, काठमाडौँ । बेलायतको लन्डनमा भूतपूर्व गोर्खा सैनिकहरूले सुरु गरेको भोक हडताल १४औँ दिनमा तोडिएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायत सरकारका प्रतिनिधिको रोहवरमा अनशन तोडिएको हो ।

बेलायती सैनिक समान पेन्सनलगायतका अधिकारको माग गर्दै बेलायतको लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरूले भोक हडताल सुरु गरेका थिए । भूपू गोर्खाहरूको पेन्सनलगायतका विषयमा गोर्खा प्रतिनिधि, नेपाल सरकार र बेलायत सरकारबीच आउँदो भदौ २३ गते त्रिपक्षीय वार्ता हुने सहमति भएको छ ।

नेपाल र बेलायत सरकारबीच भूपू सैनिक गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिको रोहवरमा वार्ता हुने समितिका सल्लाहकार रविन चाम्लिङ राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्