Logo

बागचौर नगरपालिकाले गर्‍यो शहीद तथा बेपत्ता परिवारलाई सम्मान



Spread the love

सुखानी शहीद दिवसको अवसरमा बागचौर नगरपालिकाले सल्यानको बागचौरमा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले १० वर्षे जनयुद्ध तथा १९ दिने जनआन्दोलनका शहीदहरुले देखाएको बाटो आफूले कहिले नभुल्ने बताए ।

बुढाथोकीले बागचौर नगरपालिकाले शहीद तथा बेपत्ता परिवारलाई विशेष तरिकाले हेर्ने बताए । बुढाथोकी कार्यक्रमको धेरै समय सम्म भाबुक भएर बोल्न सकिरहेका थिएनन ।

कार्यक्रमका इलाका प्रशासन कार्यालय बागचौरका शाखा अधिकृत नारायण प्रसाद शर्माले बागचौर नगरपालिकाले शहीद,बेपत्ता परिवारको सम्मान गरेर नयाँ कार्यको सुरुवात गरेको बताए । उक्त कार्यक्रमले सहिद तथा बेपत्ता परिवारका आफन्तको आत्मीयता लाई नजिक र प्रगाढ गराउने उनको भनाइ थियो ।

 

नगर उपप्रमुख कल्पना पुनको स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रममा बागचौर नगरपालिकाका प्रथम सहिद हेमराज केसी लगायत तत्कालीन राज्य पक्ष र बिद्रोही पक्षद्वारा मारिएका ४७ जना सहिद र बेपत्ता योद्धाका परिवारलाई प्रमाणपत्र, एक/एक थान बलाङ्केट, टीका र मालाले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्