Logo

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान



Spread the love

कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो।

उनलाई सुन्धारा केन्द्रीय कारागरमा राखिएको छ।खड्गीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो।

कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका ११ नेपाली उतै लुकेपछि कोरियन दूतावासको उजुरीमा खड्गीलाई प्रहरीले पक्राउ गरेको थियो।

उजुरी पछि मुख्य नाइके एवम् उनीहरुलाई कोरिया भिसा लगाउँदा जमानी बसेका खड्गीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्