Logo

प्रहरी निरीक्षकको मृत्युबारे छानविन गर्न समिति गठन



Spread the love

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाका सन्दर्भमा छानविन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । उक्त दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानविन गर्न गृहमन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिमा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी सहभागी छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको गृहमन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्