Logo

भजन गाइरहेको माइकबाट करेन्ट लाग्दा दुई जनाको मृत्यु



Spread the love

२७ साउन, धनुषा । धनुषामा भजन गाइरहेको माइकबाट करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका(३ पर्सा टोलका बुलन यादवको घरमा भएको घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा लक्ष्मिनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय बिन्दा दास र ५० वर्षीय मनिराम यादव रहेका प्रहरीले जनाएको छ ।

दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्