Logo

गुप्तांगमा लुकाएर ब्राउन सुगर जैजाँदै गरेका २ महिला पक्राउ



Spread the love

२५ साउन, झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ महिला पक्राउ परेका छन् । शनिबार राती झापाको गाैरीगञ्जमा प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रहरीले गुप्तांगमा लुकाएर लैजाँदै गरेको अवस्थामा ती महिलाहरूबाट ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ पर्नेहरूमा झापाको दमक बस्ने ३४ वर्षीया मञ्जु धिमाल र सोही स्थानमा बस्ने २५ वर्षीया विमला धिमाल रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ४४.३०० ग्राम ब्राउन सुगर बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्