Logo

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा अब ७७ नम्बरको जर्सी प्रयोग नगरिने, यस्तो छ कारण !



Spread the love

२४ साउन, काठमाडाैँ । नेपाल क्रिकेट एसोसियसन (क्यान)ले राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले लगाउने नम्बरको जर्सी प्रयोगमा नल्याउने भएको छ ।

आइतबार क्यानले पारस खड्काले नेपाली क्रिकेटमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै उनले लगाउने नम्बरको जर्सी प्रयोगबाट हटाउने निर्णय गरेको हो ।

पारस खड्काले क्रिकेट खेल्दा ७७ नम्बरको जर्सी लगाउने गर्थे ।

पारस खड्काले साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यासको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्