Logo

मेयरले सहयोगीबाट कार्यकक्षमै गराए मसाज



Spread the love

२४ साउन, धनुषा । एक जना मेयरले कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । केही दिन अघिदेखि धनुषाको बिदेह नगरपालिकाका मेयरले कार्यकक्षमै मसाज गराएको तस्बीर भाइरल भएको हो ।

उक्त तस्बीर बिदेह नगरपालिकाका मेयर बेचन दासको हो । उनले कार्यालयको सोफामा सहयोगीमार्फत मसाज गराइरहेका छन् ।

तस्वीरमा दास कार्यालयको सोफामा आराम गरिरहेको र कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ । झ्यालबाट एक स्थानीय व्यक्तिले मसाज गराइरहेको तस्बीर खिचेर सामाजिक सञ्जालमा राखेपछि उक्त तस्बीर भाइरल भएको हो ।

यो तस्बीर भाइरल भएसँगै मेयर बेचनको आलोचना सुरू भएको छ । तर, उनले भने जेठ महीना आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्