Logo

भूटानले नेपालसम्म नै ल्याइदियो कोरोनाको खोप



Spread the love

२२ साउन, काठमाडौं । भूटानले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको ३ लाख डोज खोप नोपाल आइपुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।

उक्त खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रुपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्