Logo

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा



Spread the love

२२ साउन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७७–७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका हुन् ।

गृहमन्त्रीले मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र विभागले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको बताए । राष्ट्रिय परिचय पत्र विभागले गरेको कामले कागजी युगको अन्त्य हुने मन्त्री खाणको भनाइ थियो ।

बैठकमा गृहमन्त्रीले कैन्दीबन्दीको स्वास्थ्य उपचार, दैनिक खानपान र बसोबास राज्यको जिम्मेवारी भएको भन्दै यसलाई व्यवस्थित बनाउनु राज्यको दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस्