Logo

ओली जी नयाँ पार्टी बनाएर बयलगाढा चुनाव चिन्ह लिएर निर्वाचनमा जानु हुन्छ : मेटमणी चाैधरी



Spread the love

२१ साउन, काठमाडाैँ । नेकपा एमाले माधव कुमार नेपाल पक्षका नेता मेटमणी चाैधरीले केपी शर्मा ओलीले नयाँ पार्टी खोल्ने टिप्पणी गरेका छन् ।

बिहीबार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकका सम्बन्धमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनले ओलीले नयाँ पार्टी खोल्ने र बयलगाढा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने टिप्पणी गरेका हुन् ।

उनले भने ‘हामीले होइन ओली जीले नयाँ पार्टी खोल्नु हुन्छ। उहाँले नेकपा पार्टी बनाएर बयलगाढा चुनाव चिन्ह लिएर निर्वाचनमा जानु हुन्छ।’

नेता चाैधरीले नेकपा एमालेलाई एकतावद्ध हुन नदिने खेलमा केपी शर्मा ओली विगत केही वर्षदेखि नै लागि परेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्