Logo

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन



Spread the love

१९ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ठाडो निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङ नियुक्त भएका थिए । घिसिङको कार्यकाल सकिएपछि उनलाई नै पुनर्नियुक्त गर्न व्यापाक आवाज उठेपनि ओली सरकारले नियुक्त गरेकोो थिएन ।

ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर घिसिङको ठाउँमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्