Logo

सुनचाँदी किनबेच गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ आजको मूल्य



Spread the love

१९ साउन, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता देखिएको छ ।

सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

छापावाला सुनसँगै मंगलबार तेजावी सुनको मूल्य पनि स्थिर भएको छ । सोमबार तेजावी सुन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यमा स्थिरता भएता पनि मंगलबार चाँदीको मूल्य १० रूपैयाँले घटेको छ । सोमबार १२८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२७५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्