Logo

सोमबार पनि सस्तियो सुन, कति छ आजको भाउ ?



Spread the love

१८ साउन, काठमाडाैँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आइतबार ५०० रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला १ सयले घटेको हो ।

सोमबार १ सय रूपैयाँले सस्तिएसँगै नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्