Logo

परीक्षा बिग्रिएको भन्दै ‘सुसाइड नोट’ लेखेर युवतीले गरिन् आत्महत्या



Spread the love

१८ साउन, सुर्खेत । परीक्षा बिग्रिएको भन्दै एक युवतीले आत्महत्या गरेकी छिन् । सुर्खेतमा पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी २९ वर्षीया बिमला कँडेलले कोठामै झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनको कोठामा ‘सुसाइड नोट’ समेत लेखेर आत्महत्या गरेको बताइएको छ । उनले ‘सुसाइड नोट’मा बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा उल्लेख गरेको बताइएको छ ।

उनी वीरेन्द्रनगरस्थित जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी हुन् । त्यहाँ उनी दिदिसँग बस्दै आएकी थिइन् । उनको शव कोठाको पंखामा पासो लगाएको अबस्थामा प्रहरीले फेला पारेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्