Logo

जिन्स लगाएको भन्दै १७ वर्षीया किशोरीको हत्या



Spread the love

१५ साउन, एजेन्सी । भारतमा १७ वर्षीया युवतीलाई कुटेर हत्या गरेको आरोप लागेको छ । १७ वर्षीया नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले जीन्स लगाएको निहुँमा कुटेर हत्या गरेको आरोप लागेको हो ।

ती किशोरीलाई उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेर हत्या गरेको उनकी आमा शकुन्तलादेवी पासवानले बीबीसी हिन्दीलाई बताएकी छिन् ।

यो घटना भारतको उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँको हो । यो स्थान भारतको अत्यन्तै कम विकसित गाउँमध्ये एकमा पर्छ ।

उनी दिनभरि व्रत बसेकी थिइन् । साँझमा उसले जीन्स र टप लगाएर पूजा गरीन् । उसका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाएमा थिए । नेहाले लगाउनकै लागि जीन्स बनाएकाले आफूले लगाउने बताएकी थिइन् । यही विवाद बढेको र त्यसले हिंसाको रूप लिएको परिवारजनले बताएका छन् ।

शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर अस्पताल लगेका थिए । तर, भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाइन् । अन्ततः उक्त शव नेहा कै भएको पुष्टि भयो ।

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको छ ।

आरोपितले हालसम्म सार्वजनिक बयान दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्