Logo

ट्राफिक प्रहरीलाई ५०० घुस दिन खोज्ने सवारी चालक पक्राउ



Spread the love

१४ साउन, काठमाडाैँ । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने सवारी चालक पक्राउ परेका छन् । बुधबार साँझ काठमाडाैँको कलंकी मन्दिर चोक सडक खण्डमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेमा काठमाडाैँको दहचोक बस्ने ३४ वर्षीय नारायण कुमार श्रेष्ठ रहेका छन् । उनले सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत सडक पार्किङ्गमा कारवाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई ५०० रूपैयाँको प्रलोभन देखाएका थिए ।

उनलाई अहिले आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाईएको महानगरीय ट्राफिक प्रहरी विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्