Logo

नेपालका ३ जनामा कोरोना भाइरसको नयाँ रूप संक्रमण भएको पुष्टि, कुन हो कोरोनाको नयाँ रूप ?



Spread the love

१२ साउन, काठमाडाैँ । नेपालमा ३ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै ३ जनामा कोरोना भाइरसको नयाँ परिवर्तित रूप पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अुनसार गत जेठ मध्यदेखि असारमसान्तसम्म संकलन गरिएका नमुनाहरूमध्येबाट ७४ वटा नमुनाको भारतको दिल्लीमा परीक्षण गर्दा K417N mutation भेटिएको छ । यसको नाम A. Y1 भएको पनि विज्ञप्तीमा उल्लेख छ ।

अहिलेसम्म नेपालमा अल्फा, डेल्टा र कप्पा गरी तीन गरी कोरोना भाइरसका तीन भेरियन्ट पत्ता लागेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्