Logo

देशभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, मृत्यु हुनेको संख्या पनि बढ्यो, कोरोना मुक्त हुनेको संख्या घट्दै



११ साउन, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २३९१ जना र एन्टिजेन विधिबाट १०३० जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा १६८६ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्