Logo

गुडिरहेको बसमा पहाडबाट खसेको ढुंगाले लाग्दा ९ जनाको मृत्यु, पुल पूर्ण रूपमा भाँचियो (भिडियो)



Spread the love

११ साउन, एजेन्सी । गुडिरहेको बसमा पहाडबाट खसेको ढुंगाले लाग्दा ९ जनाको मृत्यु भएको छ । भारतको हिमाँचल प्रदेशको किन्नाैर भन्ने ठाउँमा गएको सुख्खा पहिरोका कारण उक्त घटना घटेको हो ।

उक्त दुर्घटनामा मृत्यु हुने व्यक्तिहरू पर्यटक भएको भारतीय मिडियाहरूमा उल्लेख छ । दिल्लीमा बस्ने उनीहरू घुम्नका लागि त्यहाँ पुगेको बताइएको छ ।

त्यस्तै, सोही पहिरोका कारण खसेको ढुंगाले लाग्दा पुल समेत भाँचिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिए अनुसार पलामको प्रयोग गरेर निर्माण गरिएको मोटरेबल पुल पूर्ण रूपमा भाँचिएर नदीमा नै खसेको छ ।

उक्त दुर्घटनाबारे थाहा पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।

यस समाचारसँग सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्