Logo

लामखुट्टेले चालकलाई टोक्दा कार दुर्घटना



Spread the love

११ साउन, भक्तपुर । गठ्ठाघरमा कार दुर्घटना भएको छ । आइतबार भक्तपुरको गठ्ठाघरमा बी एए १३४८ नम्बरको कार दुर्घटनामा परेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार कार चलाइरहेका बेला चालकलाई लामखुट्टेले टोकेको थियो । सोही लामखुट्टेलाई मार्न खोज्दा अनियन्त्रित भइ कार दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा कारमा र रेलिङमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भइ सडकको किनारमा ठोकिएको थियो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीका अनुसार अहिले कार चालकको मापसे परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्