Logo

जीप खोलामा खस्यो



Spread the love

११ साउन, जजारकोट । बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नंको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चारजना घाइते भएका छन् ।

बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरूमा बारेकोट गाउँपालिका–८ की २५ वर्षीया समीक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री र नलगाड नगरपालिका–५ का १८ वर्षीय मिलन शाही घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको प्रहरीले जनाएको छ ।

चालक बारेकोट–८ का राजु सिंह फरार रहेको प्रहरीले जनाएको छ । जिप बलबहादुरले चलाउँदा दुर्घटना भएको बताएको छ । गाडी नलगाड नदीमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्