Logo

आज मिति २०७८ साल साउन ११ गते सोमबार, आजको राशीफल



Spread the love

आज मिति २०७८ साल साउन ११ गते सोमबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नु हुनेछ ।

बृष – शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन तथापि आफन्तको सहयोग मिल्नेछ ।

मिथुन – समय शुभ फलदायक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा वृद्धि होला । कर्मपथमा सफलता प्राप्त होला । इष्टमित्र सन्तति बढ्लान् । धन सम्पत्ति र कार्य–व्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुँंगै सुखमा वृद्धि हुनेछ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । 

कर्कट – हांसविलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्ला ।उन्नति पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । 

कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेम पात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । 

तुला – भागदौड रहला । यात्रा होला । सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ ।

वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुने छैन । जोखिम उठाउने समय होइन । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । 

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ । 

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । मित्रमिलन हुनेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनु हुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्