Logo

युथ फोर्सले एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई ठेगान लगाउँछ : महेश बस्नेत



Spread the love

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले युथ फोर्सले एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई ठेगान लगाउने बताएका छन् ।

शनिबार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथुफोर्सले बन्दुक बोकिरहनु नपर्ने र गलत काम गर्नेका लागि मुड्की नै काफी हुने चेतावनी पनि दिएका छन् ।

उनले भने, ‘युथफोर्सले कुनै बन्दुक बोक्नुपर्दैन, लालसलाम गर्ने यो मुड्की काफी छ,’ उनले भने, ‘मित्रहरुलाई यो हातले सलाम गर्छ, विरोधीलाई यो काफी छ । बुद्धिजीवीविरुद्धको संगठन होइन । बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ।’

प्रतिक्रिया दिनुहोस्