Logo

ओली नराम्रोसँग पछारिएका छन्, केही दिन बरबराउँछन् : प्रचण्ड



Spread the love

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले विक्षिप्त अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नराम्रोसँग इतिहासमा पछारिएका कारण विक्षिप्त अवस्थामा रहेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘केपी ओली नराम्रोसँग इतिहासमा एकचोटि पछारिएका छन् । विक्षिप्त छन् अहिले । बरबराउँछन् । कहिले बालकोटको बार्दलीबाट बरबराउँछन्, कहिले कहाँ गएर बरबराउँछन् । अब यो बरबराहट पनि उनको धेरै दिन रहन्छजस्तो लाग्दैन । उनकै पार्टीले उनलाई चिन्नेक्रम सुरु भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्