Logo

भेटघाटमा व्यस्त विप्लव, बादलसँग पनि वार्ता



Spread the love

९ साउन, काठमाडाैँ । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द रामबहादुर थापा ‘बादल’लाई भेट्न पुगेका छन् । शनिबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेटेपछि उनी थापालाई भेट्न पुगेका हुन् ।

बादललाई विप्लव उनकै निवासमा पुगेका थिए । विप्लवसँग सोही समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

बादलको निवास नै पुगेर उनले बादलसँग भेट गरेका हुन् । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्