Logo

श्रीमतीको कपडा लगाएर प्लेन चढेका कोरोना संक्रमित पुरूष उड्दा उड्दै समातिए



Spread the love

९ साउन, एजेन्सी । श्रीमतीको भेषमा विमानमा चढेका कोरोना संक्रमित पुरूष पक्राउ परेका छन् । इन्डोनेसियाको आन्तरिक उडानमा झुक्याएर विमान चढेका उनी उडान नै दाैरान पक्राउ परेका हुन् ।

उनी विमानमा नकाव लगाएर चढेको सुरक्षाकर्मीहरूलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ । उनले श्रीमतीको पासपोर्ट र कोरोना नेगेटिभको रिपोर्ट पनि सँगै बोकेको बताइएको छ ।

उनले विमान उड्दै गर्दा महिलाले लगाउने कपडा परिवर्तन गरेपछि उनको पोल खुलेको बताइएको छ । उनले कपडा परिवर्तन गर्नका लागि अलार्म बेल बजाउँदा सुरक्षा कर्मीहरूले पक्रिएका हुन् ।

प्रहरीले विमान अवतरण गरेसँगै ती व्यक्तिलाई नियन्त्रणमा लिएर कोरोना परीक्षण गरेको बताएको छ ।

इन्डोनेसियामा कोरोना संक्रमितहरू बढ्दै जाँदा यात्राहरूमा कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्