Logo

निर्माता तथा कलाकार गोविन्द शाही नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय समितिको विज्ञ सदस्यमा नियुक्त



Spread the love

८ साउन, काठमाडाैँ । फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाही नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय समितिको विज्ञ सदस्यमा नियुक्त भएका छन् ।

शुक्रबार कांग्रेसका नेता तथा समितिका विभागीय प्रमुख एनपी साउदले गोविन्द शाहीलाई विज्ञ सदस्यमा नियुक्त गरिएकोबारे पत्र समेत दिएका छन् ।

शाहीलाई दिइएको पत्रमा नेपाली कांग्रेसबाट विधानमा व्यवस्था भए बमोजिम शुभेच्छुक समन्वय समिति गठन गरिएको जानकारी गराउँदै विभागको कामलाई सशक्त र प्रभावकारी बनाउन शाहीलाई विज्ञ सदस्यमा नियुक्त गरिएको उल्लेख छ ।

त्यस्तै, निर्माता तथा कलाकार शाहीले समन्वय विभागको “विज्ञ”मा मनोनयन गरेकोमा आभार प्रकट गर्दै कृतज्ञता साथ धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्