Logo

प्रियंका कार्कीको बेबी-बम्प फोटोको प्रशंसा गर्दै यसो भन्छन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई



Spread the love

७ साउन, काठमाडाैँ । अभिनेत्री प्रियंका कार्की अहिले चर्चामा छिन् । गर्भावस्थामा भएकी उनले फोटोहरू सामाजिक सञ्जालमा अपलोड गरेपछि उनको चर्चा चलिरहेको हो ।

सर्वसाधारणहरूले उनको बेबी–बम्प तस्विरमाथि टिप्पणी गरिरहँदा यसमा जसपाका संघीय परिषद् अध्यक्ष तथा नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि यसमा जोडिएका छन् ।

उनले बिहीबार प्रियंका कार्कीको कामको प्रशंसा गरेका छन् । प्रियंका कार्कीको कामबारे बाबुराम भट्टराई ट्वीटरमा लेख्छन्, ‘यति गर्न यो यो खानैपर्छ । १) महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना (गूगल सर्च गरौं) । २) युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३) ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !’

प्रतिक्रिया दिनुहोस्