Logo

‘घरको बार्दलीबाट धारे हात लगाउने र कार्यकर्तालाई बाँदर जुलुस निकाल्न लगाएर नाटक मञ्चन भइरहको छ’



Spread the love

७ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अपमान सहेर बस्न नसकिने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने भएता पनि अपमान र कुकर्म सहेर नबस्ने बताएका हुन् ।

उनले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन । गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशीक्षण हामीले पाएका छैनौं ।’

उनले अध्यक्ष केपी शर्मा ओलीले घरको बार्दलीबाट धारे हात लगाउने र कार्यकर्तालाई बाँदर जुलुस निकाल्न लगाएर नाटक मञ्चन गरेको आरोप समेत लगाए । ‘अपराधिक, शोषक, सामन्ती, जाली-झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ’, नेता नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्