Logo

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आजको बजारभाउ ?



Spread the love

७ साउन, काठमाडाैँ । आज बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबार प्रतितोला ७०० ले गिरावट भएको मूल्य आज पनि ७०० नै सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बिहीबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य घट्दा चाँदीका भाउमा भने सामान्य वृद्धि भएको छ । बुधबार १२ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रूपैयाँ बढ्दै १२ सय ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्