Logo

नेपालका यी १५ वटा बैंकको सिस्टम ह्याक गर्ने भन्दै ह्याकरले पठाए धम्कीपूर्ण पत्र (सुचिसहित)



Spread the love

७ साउन, काठमाडाैँ । नेपालका १५ वटा बैंकहरूको सिस्टम ह्याक गर्ने भन्दै चेतावनीपूर्ण पत्र आएको छ । बुधबार साँझ विभिन्न बैंकहरूको नाम सहित ती बैंकहरूको सिस्टम ह्याक गर्ने भन्दै राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई इमेल पठाएका हुन् ।

सोही इमेल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि पठाइएको बताइएको छ ।

प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी धम्की आएको पनि बताएका छन् । उनले भने यसबारे सचेत रहेको बताउँदै जोखिम न्युनीकरणका उपाय अपनाउन आग्रह गरेको बताएका छन् ।

ह्याकरले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको सिस्टम ह्याक गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्