Logo

४.८ म्याग्निच्युडको भूकम्पको धक्का



Spread the love

७ साउन, एजेन्सी । भारतको राजस्थानमा ४.८ म्याग्निच्युडको भूकम्प गएको छ । बिहीबार बिहानै राजस्थानको बिकानेर केन्द्र भएर उक्त भूकम्प गएको हो ।

राजस्थानमा बुधबार पनि भूकम्प गएको थियो ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ७ बजेर ४२ मिनेट जाँदा उक्त भूकम्प गएको जानकारी दिएको छ । उक्त भूकम्पले त्यहाँ कुनै क्षति नगरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्