Logo

किसान श्रेष्ठसँग सति जान सक्दिनँ : महेश बस्नेत



Spread the love

७ साउन, काठमाडाैँ । नेकपा एमालेका केपी शर्मा ओली पक्षका नेता महेश बस्नेतले आफू माधव कुमार नेपाल पक्षमा नजाने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले किसान श्रेष्ठसँगको सम्बन्ध राजनैतिक मात्र भएको बताउँदै गूट परिवर्तन नगर्ने उल्लेख गरेका हुन् ।

‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो । पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ? अनि क.प्रभु शाह संगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आइ टी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइ टी आर्मी,अनि साइबर सेनासँगै मिलेर दुबै संगठनमा काम गर्छन् । श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।’ महेश बस्नेतले फेसबुकमा लेखेका छन् ।

साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत पाउँदा एमाले नेता किसान श्रेष्ठसहित २२ जनाले फ्लोर क्रस गर्दै देउवाको पक्षमा मत दिएका थिए । त्यसको केही दिनपछि किसान श्रेष्ठले महेश बस्नेत पनि ओलीको पक्ष छोडेर नेपाल पक्षमा आउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्